युभेन्टसले डिबालालाई नबेच्ने

युभेन्टसले स्ट्राइकर पाउलो डिबालालाई नबेच्ने भएको छ।

डिबेलालाई युभेन्टस बेच्न चाहन्थे भने इंग्लिस क्लब टोटनह्याम डिबालालाई भित्र्याउन उत्सुक थियो ।

तर युभेन्टसले निर्णय परिवर्तन गर्दै डिबालालाई आफ्नै क्लबमा राख्ने भएको छ ।

पछिल्लो समयमा पाउलो डिबालामाथि विशेषगरी इंग्लिस क्लबको नजर थियो । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड र टोटनह्याम डिबेलालाई भित्र्याउन चाहन्थे ।

उनको पारिश्रमिक बढी भएको कारण म्यान्चेस्टर युनाइटेड पछि हटेको थियो । तर टोटनह्याम भने उनलाई क्लबमा अनुबन्धित गर्न निकै नजिक पुगेका थिए । तर अन्तिम समयमा आएर युभेन्टस आफै पछि सरेको हो ।

डिबेला सन् २०१५ मा युभेन्टस आएका थिए ।