म्याराडोना हुदाको अर्जेन्टिनीका इतिहास

जब सबै समयको उत्कृष्ट खेलाडीको नाम आउँछ तब बिनाविवाद दुई खेलाडीको नाम आउँछ एक ब्राजिलियन पेले अनि दोस्रो अर्जेन्टिनाका डिएगो म्याराडोना ।

दुबै खेलाडीमा उस्तै गुण पाइन्छन् । दुई खेलाडीबीच तुलना गर्ने हो भने समानता पाउन सकिन्छ । दुबैले फिफा प्लेयर अफ द सेन्चुरीको अवार्ड पाएका छन् ।

अर्जेन्टिनामा म्याराडोनालाई फुटबलको हिरो मात्र मानिँदैन, उनलाई दिव्य आकृति मानिन्छ । अनेक सामाजिक तनावका बाबजुत पनि म्याराडोना बिलियन मानिसहरुका लागि आशाको प्रतीक र आइडल बने । म्याराडोना सन् १९६० को अक्टोबर ३० मा जन्मेका थिए ।

उनी गरिब वातावरणमा हुर्केका थिए । तीन वर्षको छँदा उनले जन्मदिनको कोशेलीस्वरुप बल पाएका थिए । जुन बलले नै उनको भविश्य उज्ववल बनायो ।

उनी सानै उमेरबाट नै प्रतिभावान् थिए । आठ वर्षको उमेरमा नै उनले अर्जे्न्टिनाको जुनियर टिममा आफ्नो प्रतिभा देखाउन पाए । जब उनको प्रतिभा प्रशिक्षकले देखे प्रशिक्षकले नपत्याएर उनको चिनारीपत्र मागेका थिए जबकि म्याराडोनाको उमेर आठ वर्षको थियो । म्याराडोनाले साँचो बोलेको पत्ता लागेपछि प्रशिक्षकबाट उनले सीप सुधारको लागि अनुमति प्राप्त गरे । सिनियर टिमको लागि खेल्नुभन्दा पहिले नै उनले स्किल सिकिसकेका थिए । जब अजेन्र्टिनी जुनियर टिम खेल्दा उनी हाफ टाइममा अनेक स्किल देखाउँथे ।

१५ वर्षको छँदा उनले अर्जे्न्टिनी जुनियरको लागि अफिसियल डेब्यू गरे । उनले डेब्यू गर्दा सबैभन्दा युवा खेलाडी थिए । त्यसको केही महिनापछि उनले हङ्गेरीविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जे्न्टिनाको राष्ट्रिय टिममा डेब्यू गरे । जुन खेल उनले सन् १९७७ मा खेलेका थिए । राष्ट्रिय टिमका प्रशिक्षक सेजर मेनोट्टीले उनलाई विश्वकप खेल्नको लागि अवसर दिए ।

म्याराडोनाले अर्जे्न्टिनी जुनियरमा ५ वर्ष खेले । ५ वर्षको दौरानमा उनले १६६ खेलमा ११६ गोल गरे । जब जुनियर टिमबाट सिनियर टिममा जाने बेला आयो तब उनी दोधारमा परे । रिभर प्लेटले धेरै पैसा दिएपनि उनी बोका जुनियरमा गए । जुन टिमलाई उनी बच्चैदेखि समर्थन गर्थे । उनले बोका जुनियरमा लिग टाइटल जितेर आफ्नो सपना साकार  पारे ।

म्याराडोनाले बोका जुनियरमा एक सिजन मात्र खेले । उनले बोका जुनियरको लागि खेलेको ४० खेलमा २८ गोल गरे । बोका जुनियरमा उनले प्रिमियर डिजिभन टाइटल जिते । सिजनपछि भने उनी विश्वकप खेल्न गए । विश्वकपमा उनले ब्राजिलीयन खेलाडीलाई किक हानेकोले रातो कार्ड पाए । अर्जे्न्टिनाले सेमिफाइनसम्म पनि पुग्न सकेन ।

त्यसपछि म्याराडोना सन् १९८३ को जुनमा ७.३ मिलियन डलरमा बार्सिलोनामा अनुबन्धन भए । उनी बार्सिलोनाका पहिलो खेलाडी हुन् जसलाई रियल मड्रिडका खेलाडीले उठेर सम्मान दिएका थिए । जति म्याराडोनाबाट मानिसहरुले आशा गरेका थिए उनले ला लिगामा त्यति प्रभाव पार्न सकेनन् । उनको सुरुवातमानै खटमा चोट लागेको थियो । त्यसपछि उनी कोकिनको लतमा फसे ।

सन् १९८४ मा म्याराडोना नेपोलीमा अनुबन्धन भए । उनी नेपोलीमा १३ मिलियन अमेरिकी डलरमा आएका थिए । उनी आएपछि स्थानीय पत्रिकाले सहरमा स्कुल, बस, घर, जागिर केही नचाहिने तर म्याराडोना चाहिने भन्दै आलोचना गरेका थिए । जब म्याराडोनाले ७५ हजार नेपोलीका समर्थकहरु देखे तब उनले उनीहरुका लागि केही गर्छु भनी सोचें । उनले पहिलो सिरी ए सिजनमा आफ्नो क्लबलाई तेस्रो स्थानमा राख्न सफल भए ।

सन् १९८६ को विश्वकपमा कुनै शंका थिएनकि त्यहाँ उत्कृष्ट खेलाडी को छ भनेर । यो समय भने उनलाई कुनै प्रकारको छेकबार भएन । उनलाई कसैले रोक्न सकेन । उनी वायुपंखी घोडाजस्तो तेज भाग्थे । बललाई नियन्त्रण  गर्नसक्ने क्षमता, दृष्टि, पासिङ र ड्रिबिलिङ सीपमा उनी  माहिर थिए ।

पुरानो प्रतिद्वन्द्वी उरुग्वेलाई पराजित गरेपछि अर्जेन्टिना इङ्ल्यान्डसँग क्वार्टरफाइनलमा भिड्दै थियो । खेल सुरु भएको ४ मिनेटमा नै उनले आफ्नो राष्ट्रको लागि पहिलो गोल  गरे । फाइनल खेल जर्मनीको बिरुद्ध थियो । जर्मनीले उनलाई सुस्त बनाउन खोजेको थियो तर इतिहास लेख्न खोज्ने उनी किन डराउँथे र ? आखिर उनले आफ्नो   इतिहास लेखेरै छाडे । उनले नै अर्जेन्टिनालाई दोस्रो विश्वकप  जिताएका थिए । उनले प्लेयर अफ द टुर्नामेन्टको अवार्ड पनि पाएका थिए ।

विश्वकपपछि उनी नेपोलीमा फर्किए । उनले नेपोलीलाई सिरी ए टाइटल जिताए । नेपोलीले पहिलो चोटि सिरी ए टाइटल जितेको थियो । त्यसपछिको २ सिजनमा रनरअप भएको नेपोली भयो । सन् १९९० मा भने नेपोलीले स्कुडेट्टो प्राप्त गरेको थियो । मैदानमा सफलता प्राप्त गरेपनि म्याराडोनाको व्यक्तिगत जीवन भने झनपछि झन् कमजोर हुँदै गइरहेको थियो । ८० को दशकको बीचबाट सुरु भएको उनको कोकिनको दुर्व्यसनले उनलाई नराम्रोसँग फसाइरहेको थियो ।

कोकिनले नै उनको खेललाई अवरोध पुर्याइरहेको थियो । तर उनले अर्जेन्टिनालाई अर्को विश्वकपको फाइनलमा भने पुर्याए । खेल इटालीमा भइरहेको थियो । इटाली म्याराडोनाको दोस्रो घर थियो । जब अर्जे्न्टिना इटालीविरुद्ध खेल्न थाल्यो तब धेरै नेपोलीका समर्थकहरुले आफ्ना आइडललाई सलाम गरे । अधिकाँशले त कसलाई समर्थन गर्ने भनेर निर्णय पनि लिन सकिरहेका थिएनन् ।

मैदानमा राम्रो भएपनि उनको जीवन नेपोलमा भने त्यति ठिक थिएन । पत्रिकाहरुले उनी, उनकी श्रीमती र उनीहरुको बच्चाको बारेमा लेख्न थाले । उनीहरुको बच्चा जन्मेको बारेमा जनतालाई केही पनि थाहा थिएन । यसैगरी उनी ड्रग्स टेस्टमा पनि सक्षम हुन सकेनन् । जसकारणले सन् १९९१ मा उनले नेपोली छाडे । पछि उनी स्पेनिश क्लब सेभियामा आए । सेभियाका लागि उनले जम्मा २६ खेल मात्र खेले । उनले सेभिया क्लबमा रहेर नेपोलीमा जस्तो प्रगति गर्न सकेनन् । भर्खर मात्र सेभियामा आएका म्याराडोनाले सन् १९९३ मा नै सेभिया छाडे । त्यसपछि उनी आफ्नै देशको क्लबमा फर्किए । त्यहाँ पनि उनी धेरै खेलेनन् ।

सन् १९९४ को विश्वकपमा उनले दुई खेल खेले । सबैभन्दा खुशीको कुरा उनी ड्रग्सटेस्टमा सकारात्मक नतिजा आएको थियो । उनले राष्ट्रिय टिमको लागि ९१ खेलमा ३४ गोल गरेका थिए । सन् १९९५ मा उनी बोका जुनियरमा आए । त्यहाँ २ वर्ष खेले । त्यसपछि उनले व्यावसायिक खेलबाट सन्यास लिए । उनको विवादित व्यक्तिगत जीवनलाई हेरेर उनले फुटबलमा परेको असरलाई कसैले पनि नकार्न सक्दैन । उनले गर्दा नै अर्जे्न्टिनाले दोस्रो पटक विश्वकप जित्न सफल भयो । त्यसपछि कसैले पनि अर्जे्न्टिनालाई विश्वकपको उपाधि दिलाउन सकेका छैनन् ।

अहिले पछिल्लो समय मेस्सीलाई म्याराडोनासँग दाज्ने गरिन्छ । मेस्सीले भने दुईपटक विश्वकप खेलेर देशका लागि उपाधि भने दिलाउन सकेनन् । अब मेस्सी सन् २०२२ मा कतारमा हुने विश्वकपमा आफ्नो देशलाई तेस्रो विश्वकपको उपाधि दिलाउने योजनामा छन् ।

Source: 12khari