म्यानचेस्टर युनाइटेडद्वारा चेल्सी ४-० ले पराजित

आइतबार प्रिमियर लिगमा लाम्पार्डको चेल्सी म्यानचेस्टर युनाटेडसँग पराजित भएको छ ।

युनाइटेडले चेल्सीलाई ४–० ले पराजित गरेको हो । घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कस रासफोर्डले २, एन्थोनी मार्सियल र डानियल जेम्सले समान १ गोल गरे ।

रासफोर्डले पेनाल्टी गोलमार्फत युनाइटेडलाई अग्रता दिलाएका थिए । मार्सियलले ६५ औं मिनेटमा गोल गरे । त्यसको दुई मिनेटपछि रासफोर्डले अर्को गोल थपे ।

जेम्सले खेल सकिन ९ मिनेट अघि गोल गर्दै युनाइटेडको गोलअन्तरलाई फराकिलो पारे । आइतबार नै आर्सलले न्युक्यासलाई १० ले हरायो भने लेस्टर र उल्भरह्याम्टनले गोलरहित बराबरी खेले ।