मैत्रीपुर्ण खेलमा जर्मनी रोकियो

अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीले सर्वियासँग बराबरी खेलेको छ । जर्मनी घरेलु मैदानमा सर्वियासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खराव लयमा रहेको जर्मनी खेलको १२औं मिनेटमा नै पछि परेको थियो । लुका जोभिकले हेडमार्फत गोल गरेपछि सर्विया खेलमा अघि बढेको थियो । नेमान्जा माकसिमोभिकको पासमा गोल गरेका थिए ।

युवा खेलाडीको बाहुल्यता रहेको जर्मनीले सुरुमै पछि परेपनि सर्वियामाथि लगातार आक्रमण बुनेपनि गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनी बराबरी गोल गर्नबाट चुकिरहेको थियो । तर, ६९औं मिनेटमा लियोन गोरेट्काको गोलबाट बराबरी गोल गर्न सफल भयो । लियोनले मार्काे रिउसको पासमा गोल गरेको थियो ।


खेलको अन्त्यतिर सर्विया १० खेलाडीमा सीमित बनेको थियो । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सर्वियाका मिलान पाभकोभ रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

युरोकप छनोट खेल्ने तयारीमा रहेको जर्मनीलाई बराबरीले धक्का लागेको छ । विश्वकप फुटबलमा नराम्रोसँग पराजय बेहोरेपछि नयाँ युगको शुरुवात गर्ने लक्ष्यमा रहेको जर्मनीले यसैसाता नेदरल्यान्डसँग खेल्दैछ ।

अर्काे मैत्रीपुर्ण खेलमा वेल्सले ट्रिनिडाड एन्ड टोबागोलाई १–० ले हरायो । वेल्सको जितमा वेन्जामिन वुडवनले गोल गरे ।

Source: Hamrokhelkud

3 thoughts on “मैत्रीपुर्ण खेलमा जर्मनी रोकियो

Comments are closed.