माल्दिव्स बिरुद्ध भारतको फराकिलो जित

मनोज थापा, बिराटनगर:

५ औ साफ महिला प्रतियोगिता अन्तर्गत आज भएको प्रतियोगिताको दोश्रो खेलमा उपाधि दाबेदार भारतले मल्दिव्सलाई ६ गोलको अन्तरले पराजित गरेको छ।

खेलको आठौ मिनेटमा ग्रेस डाङमीले पहिलो गोल गरिन भने, खेलको १३ औं मिनेटमा सन्धिया रङ्गनाथले दोश्रो गोल गरिन। त्यसै गरी २२ औं मिनेटमा ईन्दुमती काथिरसेनले तेस्रो गोल गरिन् र २७ औं मिनेटमा सञ्जु यादवले भारतको लागि गोल गरिन र रतनबाला देवीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दा पहिलो हाफमा भारतले ५-० को फराकिलो अग्रता बनाएको थियो, दोश्रो हाफ मा माल्दिवेसले आफ्नो खेल शैली दिफेन्सिब बनाएको थियो र खेल को ९० औं मिनेटमा सन्जुले गोल गर्दा भारत ले खेल ६-० ले जितेको छ।

अब प्रतियोगिताको तेश्रो खेल भोलि भुटान र बंगलादेश बीच हुनेछ। यदि खेलको नतिजा बंगलादेशको पक्षमा अथवा खेल बराबरीमा रहे नेपाल स्वतः प्रतियोगिताको सेमी – फाईनलमा पुग्ने छ।