माउन्टेन बाइक राष्ट्रिय च्याम्पियनसिप शुक्रबार र शनिबार

नेपाल साइक्लिङ संघको आयोजनामा आगामी शुक्रबार र शनिबार माउन्टेन बाइक राष्ट्रिय च्याम्पियन हुने भएको छ।

दुई दिन हुने च्याम्पियनसिपमा माउन्टेन बाइकतर्फका दुई विधा क्रस कन्ट्री र डाउन हिल तर्फ प्रतिस्पर्धा हुनेछ।

नेपाल साइक्लिङ संघले आइतबार राजधानीमा पत्रकार सम्मेन गर्दै १७औं राष्ट्रिय एमटिबि क्रस कन्ट्री र ९औँ राष्ट्रिय एमटिबि डाउन हिल च्यम्पियसिप हुने जानकारी दिएको हो।

क्रस कन्ट्रीतर्फ इलिट पुरुष र महिला समूह, जुनियरतर्फ पुरुष र महिला समूह र मास्टर पुरुष समूहका खेलाडीहरुले १२ वटा पदकका लागि प्रतिस्पर्धा हुने संघले जनाएको छ।

यस्तै डाउनहिलतर्फ इलिट पुरुष र महिला समूह तथा जुनियर पुरुषतर्फ प्रतिस्पर्धा हुनेछ।

च्याम्पियनसिप चैत १ र २ गते गोकर्णेश्वेरस्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क जगडोलमा आयोजना हुनेछ।

च्याम्पियनसिपमा क्रस कन्ट्रीतर्फ ३.५ किमि र डाउन हिल तर्फ १.३ किमि दूरी रहने संघले जनाएको छ। विजेताहरुले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। च्याम्पियनसिपलाई राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटि, पर्वतिय खेलकुद महासंघ र नाङ्लो क्याफे एण्ड पवको सहयोग रहने नेपाल साइक्लिङ संघले जनाएको छ।

Source: Pahilopost