भैरव देशभक्त सेमी फाईनल प्रवेश

चौथो सयपत्री गोल्ड कप अन्तर्गत हिजो भएको प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल अन्तर्गत सिद्धार्थ क्लब माथि ३-२ को जित निकाल्दै भैरव देशभक्तले सेमी फाइनल प्रवेश गरेको छ।

पहिलो हाफ गोल रहित खेलेका दुवै टोलीले दोश्रो हाफमा उत्कृस्ट प्रदर्शन गरेका थिए। दोश्रो हाफको सुरुवाती समयमा भैरव देशभक्तको निम्ति अनुप गुरुङले खेलको ३८ औ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

राम बहादुर थापाले खेलको ५० औ मिनेटमा गोल गर्दा भैरव देशभक्तले अग्रता दोब्बर बनाएको थियो र खेलमा व्यक्तिगत दोश्रो गोल गर्दै अनुप गुरुङले खेलको ५२ औ मिनेटमामा गोल गर्दा भैरव देशभक्तले ३-० को अग्रता लिएको थियो।

३ गोलले पछि परेको सिद्धार्थ क्लबले खेलको अन्तिम समयमा उत्कृस्ट प्रदर्शन गर्दै दनीराम चौधरी र रोमियोको गोलले नतिजा आफ्नो पक्षमा पर्न प्रयास गरेको थियो।

आज हुने प्रतियोगिताको पहिलो सेमी फाईनल अन्तर्गत आयोजक सयपत्री क्लब र फर्साटिकर युवा क्लब बीच हुने छ।

सो प्रतियोगिताको विजेताले रु २,२२,२२२ र उपविजेताले रु १,११,१११ प्राप्त गर्ने छन्।

(मनोज थापा, खेलकुदनेपाल)