भुटान प्रतियोगिता देखि बाहिरियो

मनोज थापा, बिराटनगर:

बिराटनगरमा जारी ५ औ साफ महिला प्रतिगिता अन्तर्गत आज भएको प्रतियोगिताको तेश्रो खेलमा बंगलादेशले भुटानलाई २-० ले पराजित गरेको छ।

भुटानले जारी प्रतियोगितामा कुनै पनि गोल गर्न सकेको छैन। पहिलो हाफ गोल रहित रहेको थियो। त्यसै गरि बंगलादेशको लागि खेलको दोश्रो हाफ अन्तर्गत ४७ औ मिनेटमा मिश्रात जहान मौसमीले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिईन्। त्यसै गरि बंगलादेशको लागि अर्को गोल ८५ औ मिनेटमा सविना खातुनले गरेकी थिईन। भुटानको यसै हार संग समुहबाट नेपाल र बंगलादेशले सेमी-फाइनलको यात्रा गर्नेछन।

अब नेपाल बिरुद्ध बंगलादेशको खेलबाट समुह विजेता र उपविजेताको निर्णय हुनेछ।