ब्राजिलका खेलाडी रोनाल्डिन्होकाे सन्यास फिर्ता

ब्राजिलका सुपरस्टार फुटबलर रोनाल्डिन्होले सन्यास फिर्ता लिएका छन्। उनि अहिले ३९ बर्षको भएका छन्।

उनले कोलम्बियाको सान्टा फे बाट फेरि फुटबल खेल्ने भएका छन्।

Image result for ronaldinho

२०१८ को जेनवरीमा सक्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका रोनाल्डिन्होले फेरि मैदानमा फर्कने भएका हुन्।

उमेरलाई पनि चुनौती दिँदै उनले कोलम्बियाको सर्वाधिक सफल क्लबबाट कमब्याक गर्ने भएका छन् ।

Image result for ronaldinho

यस बाहेक उनले कोलम्बियाको डर्बीमा पनि खेल्नेछन् जसमा अमेरिका र डिपोर्टिभो कालीबीच प्रतिस्पर्धा हुनेछ । २ पटकका फिफा बर्ष खेलाडी समेत रहि सकेका उनी २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा टिमका सदस्य रहेका थिए ।

उनका बुवाआमाले गुइबा नदीमा फिसिङ प्ल्यार्टफर्म अवैधानिक रुपमा खोलेको भन्दै अदालतले २ दशमलव ३ मिलियन डलर जरिवाना लगाएको थियो । त्यही मुद्दामा उनलाई पनि अदालतले देश बाहिर जाँदा अनुमति लिनुपर्ने निर्देशन दिएको थियो ।

Related image

अदालतले उनलाई बुवाआमाको जरिवाना नतिरेको भन्दै देशबाहिर जान रोक लगाएको थियो । अब उनको यो निर्णयमा अदालतको पक्षलाई कसरी सम्हाल्नेछन त्यो भने आउँदा दिनहरुले देखाउनेछन् ।

विश्व फुटबलमा सफल फुटबरलरको पहिचान बनाएका उनले यही अक्टोबर १७ तारिखमा हुने मैत्रीपूर्ण खेलबाट फेरि फुटबल मैदानमा खेलाडीका रुपमा देखिने भएका छन।