बार्सिलोना र रियल दुबैको प्रस्ताव अस्वीकृत

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले स्टार स्ट्राइकर नेइमारलाई बिक्री गर्न निकै महंगो रकम मागेको छ । जसका कारण दुई स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले यो अफरलाई म्याच गर्न सकेनन् ।

Image result for neymar transfer

बार्सिलोनाले २७ वर्षीय नेइमारका लागि फिलिप काउटिन्हो र १०० मिलियन युरोको प्रस्ताव राखेको थियो । इभान राकिटिकबारे पनि कुरा भएको थियो ।

रियलले ग्यारेथ बेल र जेम्स रोड्रिगेज र केही रकम दिने प्रस्ताव राखेको थियो । तर, दुबै क्लबको प्रस्तावलाई फ्रेन्च च्याम्पियन क्लबले अस्वीकार गरेको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार पीएसजीले भिनिसियस जुनियरबारे चासो देखाएको थियो तर, रियलले उनको नाम छलफलमै ल्याउन चाहेन ।

Image result for neymar transfer

२०१७ मा पीएसजीमा विश्वको सबै भन्दा महंगो खेलाडीका रुपमा अनुबन्ध भएका नेयमारले नै पछिल्लो पटक आफू बार्सिलोना जान इच्छुक रहेको बताएका थिए । पीएसजीमा आएपछि उनले दुई सिजनमा ३४ गोल गरेका छन् । तर पछिल्लो पटक चोटले उनलाई निकै सताएको छ ।

लिग वानमा पीएसजीले सिजनको पहिलो खेलमा नेममाथि जित हात पार्दा नेयमारलाई खेलाइएन । बरु पीएसजीका समर्थकले नेयमारलाई ‘छाडेर जाऊ’ भन्ने सन्देश लेखिएको ब्यानर देखाए । नेयमार पनि क्लब छाड्न तयार छन् ।