फागुनमा ईपीएल क्रिकेट प्रतियोगिता हुने

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता फागुनमा हुने भएको छ ।

फागुन १७ गतेदेखि चैत १ (फेब्रुअरी २९ देखि मार्च १४) गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

ईपीएलका प्रबन्ध निर्देशक अमिर अख्तरले प्रतियोगिताका लागि आईसीसीबाट स्वीकृति प्राप्त भएको जानकारी दिनुभयो । प्रबन्ध निर्देशक अख्तरले आउँदो संस्करणको ईपीएलमा टेस्ट खेल्ने राष्ट्रबाट ‘आइकोनिक प्लेयर’ राख्ने बताउनु भयो ।

प्रतियोगिता विगतको भन्दा पनि भव्य बनाउने गरी तयारी गरिरहेको उहाँले जानकारी दिनु भयो । गएको संस्करणको ईपीएलमा ६ ओटा टिमले प्रतिस्पर्धा गरेका थिए ।