फाईनलमा भारतको सामना नेपालसँग

मनोज थापा, बिराटनगर:

बिराटनगरमा जारी ५ औ महिला साफ प्रतियोगिता अन्तर्गत दोश्रो सेमी-फाईनल खेलमा भारतले बंगलादेशलाई ४-० ले पराजित गरेको छ।

खेलको सुरुवाती समयमा आक्रामक खेल शैली प्रस्तुत गरेको बंगलादेशले भने सो गति मात्र १८ औ मिनेटसम्म राख्न सक्यो र भारतको तर्फबाट १८ औ मिनेटमा डालिमा छिब्बरले भारतको लागि पहिलो गोल गरिन। त्यसै गरी २३ औ र ३७ औ मिनेटमा ईन्दुमती काथिरिसानले गोल गर्दा भारत पहिलो हाफ अगावै शानदार ३-० को अग्रता लियो।

खेलको दोश्रो हाफमा बंगलादेशले रक्षात्मत शैली अपनाउदा भारतलाई केहि कठिनाई पेश गर्यो।

अब शुक्रबार हुने फाईनल खेलमा ४ पटकको साफ विजेता भारतको सामना सोहि प्रतियोगिताको ३ पटक उपविजेता रहेको नेपालसँग हुनेछ।

One thought on “फाईनलमा भारतको सामना नेपालसँग

Comments are closed.