फर्साटिकर फाइनलमा प्रवेश

रामनगर मैदानमा जारी चौथो सयपत्री कपमा आयोजक सयपत्री क्लबको चुनौती समाप्त गर्दै फर्साटिकर क्लब प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

फर्साटिकरको लागी कप्तान मुकेश कुँवरले खेलको ५ औ मिनेटमा फ्री-किक मार्फत अत्येंट लोभ लाग्दो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको ३६ औ मिनेटमा फर्साटिकरको लागी अमित लामाले गोल गर्दै फर्साटिकरलाई २ गोलको अग्रता दिलाएका थिए।

२ गोलले पछि परेको सयपत्रीले दोश्रो हाफको ५२ औ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दा खेलमा फर्कने संकेत दिएको थियो। ५९ औ मिनेटमा फर्साटिकरका तिल राज गुरुङले गोल गर्दा फर्साटिकरले ३-१ गोल अन्तरले खेल जित्दै फाइनल पुगेको छ।

भोलि बिहिबार जारी प्रतियोगिताको दोश्रो सेमी-फाइनल अन्तर्गत भैरव देशभक्त क्लब, नवलपरासी र सुनौलो संगम क्लब, रुपन्देही बीच हुनेछ।

(मनोज थापा, खेलकुद नेपाल)