पोर्टोलाई पराजि गर्दै लिभरपुल सेमिफाइनलमा

इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। पोर्टोलाई समग्रमा ६-१ ले पराजित गर्दै लिभरपुलले अन्तिम चारमा स्थान बनाएको हो।

Liverpool progressed 6-1 on aggregate after winning 4-1 on the night against Porto in their Champions League quarter-final

घरेलु मैदानमा भएको पहिलो लेग दुई शून्यको जित निकालेको लिभरपुलले पोर्टोलाई बुधबार राति दोस्रो लेगमा चार एकले हरायो।

खेलको २६ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । पहिलो हाफमा एक गोलका अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्‍यो । ६५ औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलको अग्रता दुई शून्यमा पुर्‍याए ।

Virgil van Dijk put the icing on the cake with Liverpool's fourth goal of the evening with a header from six yards out

तर त्यसका तीन मिनेटपछि पोर्टोका इडे मिलिटोले गोल गर्दै अन्तर कम गरेका थिए । लिभरपुलले पोर्टोविरुद्ध त्यसपछि अरु दुई गोल थप्यो । ७७ औं मिनेटमा रोबेर्टो र्फेमिन्होले गोल गरे भने ८४ औं मिनेटमा भान जीकले साडियो मानेको पासमा लिभरपुलका लागि चौथो गोल गरे ।

Roberto Firmino added Liverpool's third goal of the game as they set up a Champions League semi-final clash with Barcelona

यसका साथै लिभरपुलले पोर्टोलाई लगातार दोस्रो सिजन हराउन सफल भयो । अब सेमिफाइनलमा लिभरपुलले बार्सिलोनासँग खेल्नेछ भने टोटनह्यामले आयाक्ससँग प्रतिस्पर्धा गर्नेछ ।

Eder Gabriel Militao pulled a goal back for Porto to make it 2-1 on the night against the Premier League giants

लिभरपुल लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने पहिलो इंग्लिस क्लव बनेको छ ।