पोर्चुगलद्वारा लक्जेमवर्ग ३–० ले पराजित

शुक्रबार राति भएको खेलमा पोर्चुगलले लक्जेमवर्गलाई ३–० ले पराजित गरेको हो।

खेलको १६ औं मिनेटमा बर्नाडो सिल्भाको गोलबाट पोर्चुगल पहिलो हाफमा १–० ले अघि बढेको थियो ।

लगातार लक्जेमवर्गलाई दवावमा राखेको पोर्चुगलका लागि ६५ औं मिनेटमा कप्तान रोनाल्डोले चिप गोल गर्दै अग्रता दोब्बर पारे। खेलको अन्तिम मिनेटमा बाँकी गोन्काले गुइडेजले गोल गर्दै पोर्चुगलको ३–० को जित सुनिश्चित गरे ।

जितसँगै पोर्चुगलले समूह ‘बी’ बाट युरोकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । पोर्चुगल ५ खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको युक्रेन ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । सर्विया ७ अंक जोडेर तेस्रो, लक्जेमवर्ग ४ अंकसहित चौथो तथा लिथुनिया १ अंक जोडेर पुछारमा छ ।

यही समूहको अर्काे खेलमा युक्रेनले लिथुनियालाई २–० ले पराजित गरेको छ । युक्रेनको जितमा रुस्लान मालिनोभस्काईले दुवै गोल गरे ।