नेपाल-मलेसिया टी २० सिरिज भोलीदेखि

आइसीसी टी २० विश्वकप एसिया रिजन छनोट फाइनलको तयारीमा रहेको नेपालले मलेसियालसँग दुई खेलको टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ।

सिंगापुरमा यही शनिबार जुलाई २२ देखि हुने छनोटका लागि हाल मलेसियामा तयारी गरिरहेको नेपालले मलेसियासंग दुईपक्षिय सिरिज खेल्न लागेको हो।

क्वालालम्पुरस्थित किन्रारा एकेडेमी ओभलमा नेपाली समयअनुसार खेल बिहान पौने ८ बजे सुरु हुनेछ । केही साताको अभ्यासपछि मलेसिया पुगेको नेपालको लक्ष्य मलेसियासँग जित र एसिया छनोट हुने हो ।

गत जनवरीमा युनाइटेड अरब इमिरेट्स ‘युएई’सँगको एकदिवसीय सिरिज र ट्वान्टी-२० सिरिजपछि नेपाल ट्वान्टी-२० क्रिकेट खेल्न लागेको हो । नेपाल आईसीसी वरीयतामा ११ औं स्थानमा छ भने मलेसिया ३५ औं स्थानमा छ ।

भारतीय उमेश पटवाल प्रशिक्षकमा नियुक्तपछि उत्साहित टोली ट्वान्टी-२० विश्वकप खेल्ने रणनितीसहित विदेश भ्रमणमा निस्किएको हो । नेपालले मलेसियासँग दोस्रो अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेट आइतबार खेल्नेछ ।

कप्तान पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, प्रदिप ऐरी, बिनोद भण्डारी र सोमपाल कामी छन् । सन्दीप लामिछानेसँगै दिपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, अभिनास बोहरा, करण केसी, ललितनारायण राजवंशी र पवन सर्राफ छन् ।