उपाधिको लागि भोलि नेपाल र भारत भिड्दै

मनोज थापा, बिराटनगर:

५ औ साफ महिला प्रतियोगिता अन्तर्गत भोलि हुने फाइनलको सम्पूर्ण तैयारी आयोजक र दुवै टोलिले दिएको छन्।

दुवै टोली नतिजा आ-आफ्नो पक्षमा राख्ने कुरामा पूर्ण रुपमा तैयार र त्यो बमोजित तैयारी गरी सकेका जानकारी दिएका छन्। भारतले यस अगाडीका चारै संस्करण आफ्नो पक्षमा राखेको छ भने नेपाल सो प्रतियोगिता को ३ संस्करणको उपविजेता रहेको छ।

आफ्नै समर्थक माझ खेल खेल्न पाउदा उपाधि भिडन्तमा नेपाललाई अली सहज हुने विभिन्न फ्यान क्लबका समर्थकको ठहर रहेको छ।