नेपाल द्वारा भुटान ३-० ले पराजित

मनोज थापा, बिराटनगर :

५ औ साफ महिला प्रतियोगिता अन्तर्गत नेपालले भुटानलाई ३-० ले पराजित गरेको छ।

खेलको १३ औ मिनटमा नेपालको लागि मन्जिली कुमारी योञ्जनले गोल गरेकी थेइन। त्यसै गरि १६ औ मिनेटमा सावित्रा भण्डारीले नेपालको लागि अर्को गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएकी थिन, खेल को पहिलो हाफमा नेपालले येसरी २-० को अग्रता लिएको थियो।

त्यसै गरी खेलको दोश्रो हाफको ५४ औ मिनेटमा बललाई कप्तान निरु थापाले पोस्टको दिशा दिईन्।

नेपालले ग्रुप समुहको पहिलो खेल जितको साथमा ३ अंक बनाउन सफल भएको छ।

नेपालले अब समुह चरणको दोश्रो खेल बंगलादेश बिरुद्ध खेल्ने छ भने भोलि हुने प्रतियोगिताको दोश्रो खेल डीफ़ेन्दिङ्ग बिजेता भारत र मल्दिवेस बीच हुनेछ।