नेपाल आर्मी र झापा फाइनलमा भिड्ने

टुबोर्ग तेस्रो माई भ्याली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज (बिहिबार) भएको दोस्रो सेमिफाइनल खेलमा रमपम झापा ११ विजयी भएको छ। झापाले एपिएफलाई १ -० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

झापाका लागि विशाल राईले १०५ औं मिनेटमा निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच विशाल राई घोषित भए। उनले नगद रु 7 हजार प्राप्त गरे।

फाइनलमा झापाले नेपाल आर्मीसंग भिड्नेछ ।

पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशीको विजेताले उपाधिसहित ४ लाख रुपैँया र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १ सय ५० सिसिको यमाहा मोटरसाइकल प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार तथा सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

One thought on “नेपाल आर्मी र झापा फाइनलमा भिड्ने

Leave a Reply

Your email address will not be published.