नेपालले विश्वकप छनोट अघि मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने

फिफा विश्वकप २०२२ को छनोट चरणको तयारीमा रहेको नेपालले मलेसियाको लिग च्याम्पियन क्लब जोहर दारुल ताजिम एफसीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपाली टोलीले भदौ ९ गते मलेसिया सुपर लिग च्याम्प्यिन जोहार डारुल टा जिम एफसीसँग जोहार सिटीमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । त्यसको दश दिनपछि भदौ १९ मा नेपालले कुवेतसँग खेल्नेछ ।

सन् २०२३ मा चीनमा हुने एएफसी एशियन कपको समेत छनोट प्रतियोगिता रहे पनि नेपालको राष्ट्रिय टोलीले भने एक मात्र मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल, कुवेत, अस्ट्रेलिया, जोडर्न र चाइनिज ताइपे एसियाली विश्व कप छनोटका समूह ‘बी’ मा छन् । मैत्रीपूर्ण खेल तय भएपछि नेपाली टोलीका प्रशिक्षक योहान कालिनले खुसी व्यक्ति गरेका छन् ।

नेपालले आउँदो सेप्टेम्बर ५ तारिखमा कुवेतसँग उसैको मैदानमा खेल्दै छ ।