नेपालद्वारा मलेसिया ७ विकेटले पराजित, पारसको नटआउट ८६ रन

कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गर्दै ८६ रन बनाएपछि मलेसिया विरुद्धको पहिलो टी २० अन्तर्राष्ट्रिय नेपालले जितेको छ।

पारसको नटआउट ८६ रन मद्दतमा नेपालले १२९ रनको लक्ष्य ओभरमा विकेट गुमाएर पूरा गरेको हो। टी २० अन्तर्राष्ट्रियमा पारसको यो दोस्रो अर्धशतक हो।

सैगरी शरद भेषवाकरले १६ रनको योगदान गरे। प्रदीप ऐरीले ८, ज्ञानेन्द्र मल्लले ७, रोहितकुमार पौडेलले ५ रन जोडे ।

मलेसियाका लागि मोहमद अनवारले नेपालको २ विकेट लिए । फित्री सामले १ विकेट लिए ।

ब्याटिङतर्फ उत्कृष्ट सुरुवात गरेको मलेसियाले पछि निरन्तर विकेट गुमाउँदा मध्यम स्कोर मात्रै बनाउन सक्यो । नेपालका लागि करण केसीले मलेसियाको ३ विकेट लिए । सन्दीप लामिछाने र वसन्त रेग्मीले २–२ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए । करणले अन्तिम ओभरमा ३ विकेट लिन सफल भए।

मलेसियाका लागि बिरानदीप सिंहले सर्वाधिक ५७ रन बनाए । अहमद फैजले ४५ रन र फित्री सामले १२ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नेपालले यही जुलाई २० देखि सिंगापुरमा हुने एसिया टी-ट्वान्टी विश्वकप छनोट खेल्दैछ । सोही प्रतियोगिता अगाडी अभ्यासका लागि नेपालले मलेसियासँग दुई टी–ट्वीन्टी प्रतियोगिता खेल्न लागेको हो ।

अर्को खेल नेपालले सोही मैदानमा आइतबार खेल्दैछ । यस प्रतियोगिता खेलेर नेपाल उतैबाट एसिया टी ट्वान्टी विश्वकप छनोट खेल्न सिंगापुर जानेछ ।