दाङ्को सक्सेस फुटबल क्लबको विजयी शुरुवात

मुख्यमन्त्री कप प्रदेश ५ प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत हिजो दिउँसो सम्पन्न दोस्रो खेलमा बर्दियाको ताराताल युवा क्लबलाई २-१ ले हराउदै दाङ्को सक्सेस फुटबल क्लबले लिगमा आफ्नो पहिलो जित दर्ता गरेको छ।

निकै नै प्रतिस्पर्धात्मक खेलमा दाङका लागि खेलको २७ औं मिनेटमा अभिषेक वलिले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४६ औं मिनेटमा दाङका लागी अर्जुन नेपालीले अर्को गोल गर्दै आफ्नो टिमको अग्रता २-० बनाएका थिए भने बर्दियाका लागी खेलको ५७ मिनेटमा सम्भु थारुले एक मात्र गोल गरेका थिए ।

तेस्तै हिजो बिहान सम्पन्न पहिलो खेलमा रोल्पा जिल्लाको रम्जा बेसि फुटबल क्लब र बाकेको धम्बोजी क्लबले २-२ गोलको बराबरी खेकेका छन।

प्रतियोगिता अन्तर्गत आज बिहान पहिलो खेलमा प्रतियोगिताका दुई दबेदार टिम नवलपरासीको राइजिङ स्टार र रुपन्देहीको झरना स्पोर्ट्स क्लब भिड्दै छन भने दिउँसो ४:३० बजे रोल्पाको रम्जा बेसि फुटबल क्लब र दाङको सक्सेस फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

(मनोज थापा)