दक्षिण एसियाली खेलकुद (साफ) का लागि नेपाली टोलीको घोषणा

नेपालमा डिसेम्बर १ तारिखदेखि आयोजना हुने दक्षिण एसियाली खेलकुल (साग) का लागि नेपाली फुटबल टिमको घोषणा गरिएको छ।

प्रतियोगिता सुरु हुन २० दिन बाँकी रहँदा नेपालले ३ सिनियर खेलाडी समावेश गर्दै यू–२३ राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको हो।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सिनियर खेलाडी विकेश कुथु, विक्रम लामा र सुजल श्रेष्ठलाई समावेश गर्दै २० सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपाली टिम

गोलकिपर: विकेश कुथु, अर्पण कार्की, दीप कार्की

डिफेन्डर: अनन्त तामाङ, दिनेश राजबंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्चेन तामाङ, छिरिङ गुरुङ

मिडफिल्डर: सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा, सेसेहाङ आङदाम्बे, तेज तामाङ

फर्वाड: विमल घर्ती मगर, अभिसेक रिजाल, रेजिन सुब्बा, अन्जन विष्ट