प्रथम लोक बहादुर तामांग कपको उपाधि आयोजक अभिषेक चर्च, रजहरलाई

रजहर, नवलपुरको मैदानमा आयोजिक प्रथम लोक बहादुर तामांग कप २०७६ को उपाधि आयोजक अभिषेक चर्चले हात पारेको छ।

हिजो भएको फाईनल खेल अन्तर्गत आयोजिक अभिषेक चर्च र कुलेनी स्पोर्ट्स एकेडमी बीच भएको खेलमा खेलको सुरुवाती सातौ मिनेटमा आयोजिकका तर्फबाट यानिकले टोलीले पाएको फ्री किकको सदुपयोग गर्दै गोलमा परिणित गरेका थिए।

कुलेनीको तर्फबाट सो गोलको एक मिनेट पच्यात श्री कृष्ण श्रेष्ठले डिफेन्सको तिन खेलाडी बीच आकर्षण गोल गर्दै कुलेनीले खेलमा फर्काएका थिए।

पहिलो हाफ १-१ मा टुंगिएको थियो। सोहि गरि दोश्रो हाफ निकै प्रधर्स्पर्धामा रहेका खेलमा दुवै टोलीले पाएका केहि अवसरमा चुक्दा खेल १-१ बराबरीमा रहेको थियो तर खेलको अतिरिक्त समयको तेश्रो मिनटमा फेरी अभिषेक चर्चको लागि विदेशी खेलाडी यानिकले गोल गर्दा आयोजिकले २-१ को जित र उपाधि स्थित रु ५०००० प्राप्त गर्यो भनि उपविजेता कुलेनीले रु ३०००० हात पर्यो।

मनोज थापा