तारातल युथ क्लब, बर्दियाको विजयी शुरुवात

हिजो देखि शुरु प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिगतर्फ तारातल युथ क्लब, बर्दियाले पनि विजयी शुरुवात गरेको छ।

शुक्रबार बिहान भएको पहिलो खेलमा तारातलले रम्जाबेसी युथ क्लब, रोल्पालाई ३–० ले हराएको छ ।

बेलझुण्डी रंगशालामा भएको खेलमा तारातलका लागि खेलको २३ औं मिनटमै प्रकाश बिसीले पहिलो गोल गरे । उता खेलको ४३औं मिनटमा रम्जाबेसीका प्रदिप डिसीले आत्मघाती गोल गरेपछि बर्दियाले पहिलो हाफ सम्ममा २-० को अग्रता बनाएको थियो ।

त्यस्तै दोस्रो हाफतर्फ ६० औं मिनटमा मिलन थारुले बर्दियाका लागि तेस्रो गोल गर्दै टोलीको जित पक्का गरेका थिए । प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा प्रतियोगिताको बलियो टिम झरणा स्पोर्ट्स क्लब, रुपन्देहीलाई १-० ले पराजित गर्दै धम्बोजी क्लब, बाकेले सुखद सुरुवात गरेको छ।

निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा बाकेका लागी पहिलो हाफलो २५ औं मिनेटमा यम बहादुर बुढाथोकीले पेनाल्टी मार्फत गरेको एक मात्र गोल निर्णयक बन्यो।

प्रतियोगिता अन्तर्गत भोलि बिहान ७:३० बजे नवलपरासीको राइजिङ स्टार फुटबल क्लब र रोल्पाको रम्जाबेसी युवा क्लब बिच प्रतिस्पर्धा हुनेछ भने दिउँसो ४:३० बजे रुपन्देहीको झरणा स्पोर्ट्स क्लब र बर्दियाको ताराताल युवा क्लब बिच प्रतिस्पर्धा हुनेछ।

सन्दिप ओली/ मनोज थापा