डीएफसी मोरङले उचाल्यो तेस्रो पाँचथर गोल्डकपको उपाधि

डाँगीहाट फुटबल क्लब मोरङले दार्जीलिङ युनाइटेडलाई पराजित गर्दै तेस्रो पाँचथर गोल्डकपको उपाधि हात पारेको छ। सोमबार भएको फाइनल खेलमा मोरङ ३-१ ले विजयी भयो। उपाधिसँगै मोरङले ४ लाख रुपैयाँ हात पार्यो। उपविजेता दार्जीलिङले भने २ लाख रुपैयाँमा चित्त बुझायो।

खेलको ८ औ मिनेटमा हेमन्त थापा मगरको गोलबाट मोरङले सुरुवाति अग्रता लिएको थियो । खेलको ३७ औँ मिनेटमा दार्जीलिङका करन राईले बराबरी गोल गरे ।
दोस्रो हाफमा आक्रामक रुपमा खेल प्रस्तुत गरेको मोरङले ५२ औँ मिनेटमा अग्रता २–१ मा पुर्यायो।

मोरङका लागि दोस्रो गोल विदेशी खेलाडी आरमान भिदुनले गरे । त्यस्को ४ मिनेटपछि ५६ औँ मिनेटमा मोरङका संजोक राईले गोल गर्दै टिमलाई ३–१ को अवस्थामा पुर्याए।

यस्तै विधागततर्फ प्रतियोगिताको उत्कष्ट खेलाडी मोरङका पिक्रम लिम्बू घोषित हुँदै स्कूटर पाए ।

उत्कृष्ट गोलकिपर मोरङका दिनेश थापा, उत्कृष्ट डिफेन्डर दाजीलिङका दिवस लिम्बू, मिल्डफिल्डर दार्जीलिङकै वाङदेन तामाङ, उत्कृष्ट स्ट्राइकर मोरङका संजोक राई, सर्वाधिक गोलकर्ता मोरङका आरमान भिदुन, राइजिङ प्लेयर आयोजक संस्थाका हेमन्त दर्नाल, उत्कृष्ट प्रशिक्षक मोरङका याकुव राई घोषित भए ।

उनीहरु सबैले जनही १०/१० हजार हात पारेको आयोजक संस्थाका महासचिव योगराज सेढाईले बताउनुभयो।