जापानमा भएको फुटवलको उपाधि राईजिङ नेपाललाई

राईजिङ नेपालले जापानमा सम्पन्न प्रथम हिमालयन गोल्डकप फुटवलको उपाधि जितेको छ । राजधानी टोकियोको हाचीओजीस्थित फुजीमोरी मैदानमा भएको खेलमा नेपाल युनाइटेड क्लवलाई ३–४ गोलले पराजित गर्दै राईजिङ नेपालले उपाधि हात पारेको हो ।

प्रतियोगिताको विजेता राईजिङ नेपालले उपाधिसगैं नगद रु २ लाख २ हजार २ सय २२ जापानी यान र शिल्ड हात पार्यो भने उपविजेता युनाइटेडले नगद रु १ लाख १ हजार १ सय ११ जापानी यान नगद पायो । खेलमा उत्कृष्ट प्रर्दशन गरेका आधारमा पूर्वराष्ट्रिय खेलाडी भिषण गौचनलाई वेष्ट प्लेयरको उपाधि दिइयो ।

खेलमा राम्रो प्रर्दशनका आधारमा खेलाडी सन्तोष साहुखल र शुसिल शेरचनलाई पनि सम्मान गरिएको थियो । आयोजकका अनुसार आइतबार सम्पन्न खेलमा गैरआवासीय नेपाली सघंका उपाध्यक्ष टासीवांदी लामा कान्तोका प्रकाश थापाले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.