गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला लागि सत्य–स्वरुपले बनाए यस्तो गीत(भिडियोसहित)

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१५, रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा सुप्रसिद्ध गायकद्वय सत्य–स्वरुपराज आचार्य जोडिएका छन् ।

बुधबार फाउण्डेशनले बनाउने रङ्गशालाका लागि गीत उपहार दिँदै अभियानमा जोडिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।

सत्य–स्वरुपले धुर्मुस सुन्तली फाउण्डेशनको परियोजनाका लागि क्रिकेटसम्बन्धी गीत उपहार दिएका हुन् । ‘युद्धको मैदान’ बोलको गीतलाई सत्य–स्वरुपले आफैले संगीत दिएका हुन् भने शब्द पनि आफैले लेखेका हुन् ।

धुर्मुस सुन्तलीको अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको गीतमा बन्न लागेको क्रिकेट रङ्गशालाका दृश्यहरु समावेश गरिएको छ ।

Source: Ujyaloonline