कष्टम आर.सिलाई ९-१ ले पराजित गर्दै पुलिस सेमिफाईनलमा प्रवेश, साबित्राले ५ र अनुले ४ गोल गरिन

सबिन सेर्मा :

माल्दिभ्समा जारी महिला फुटसल प्रत्योगितामा आज भएको खेलमा माल्दिभ्स पुलिस क्लवले कष्टम आर.सिलाई ९-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै पुलिस टिम सेमिफाईनल प्रवेश गरेको छ।

पुलिसको जितमा सबै गोल नेपालका खेलाडी द्वव साबित्रा भण्डारी र अनु बस्नेतले गरेका थिए। साबित्राले ५ गोल गरिन भने अनुले ४ गोल गरेकी थिइन।

आजको खेलको क्विन अफ दि म्याच पुलिस क्लवका साबित्रा भण्डारी भइन् यो संगै उनि जारी प्रत्योगितामा सबैभन्दा धेरै क्विन अफ दि म्याच हुने खेलाडी भएकी छिन्। उनी ३ पटक खेलको क्विन भएकी छिन्। जारी प्रत्योगितामा साबित्राको १७ गोल भएको छ भने अर्का नेपाली खेलाडी अनु बस्नेतको ७ गोल रहेको छ।