आहा रारा गोल्ड कप : धरानलाई १-० ले पराजित गर्दै पुलिस फाइनलमा , उपाधिका लागि पुलिस र थ्री स्टार खेल्ने

आहा रारा गोल्ड कप फुटवल अन्तर्गत आज भएको खेलमा नेपाल पुलिस फाइनलमा प्रवेश गरेको छ। आज धरान फुटवल क्लबलाई १-० ले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश हो।

पुलिसलाई जित दिलाउन सुमन लामाले २२औं मिनेटमा गोल गरे। धरानका रोमन लिम्बुले डि बक्स भित्र पुलिसका खेलाडिलाई लडाएपछि पाएको पेनाल्टि सदुपयोग गर्दै सुमनले गोल गरेका थिए।

खेलको ‘म्यान अफ द’ म्याच पुलिसका गोलकिपर शत्रुघन चौधरी घोषित भए।

अब पुलिसले फाइनलमा उपाधिका लागि शनिबार ‘ए’ डिभिजन प्रतिद्वन्द्वी थ्रीस्टार क्लबसँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published.