आर्सनल र चेल्सी सेमिफाइनलमा

स्लाभिया प्रागलाई ४-३ ले पराजित गर्दै चेल्सी युइएफए युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति भएको दोस्रो लेगको ४–३ जितेको चेल्सी समग्रमा ५–३ ले विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो।

Pedro scored twice as Chelsea reached the last four of the Europa League with a 5-3 aggregate victory over Slavia Prague

हिजोको खेलमा चेल्सीले ५ औ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। सो गोल पेड्रो रोड्रिग्वेजले गरेका हुन्।

त्यसपछि चेल्सीले खेलको ९ औं मिनेटमा प्रागबाट आत्मघाती गोल उपहार पायो रे आफ्नो अग्रतालाई २-० बनायो। सिमोन डेलीबाट आत्मघाती गोल भएको हो। त्यसपछि ओलिभर जिरूडले टोलीका लागि खेलको १७ औं मिनेटमा तेश्रो गोल गरे।

Olivier Giroud continued his fine scoring form in the competition, netting Chelsea's third after barely a quarter of an hour

२६ औं मिनेटमा प्रागका लागि थोमस सुसेकले एक गोल फर्काए। प्रागले १ गोल फर्काएको १ मिनेटपछि नै रोड्रिग्वेजले आफ्नो दोश्रो ब्यक्तिगत गोल गर्दै चेल्सीलाई ४-१ को नतिजामा पुर्‍याए।

पहिलो हाफ ४-१ को नतिजामा सकिएको खेलमा प्रागले दोश्रो हाफमा दुई गोल गर्‍यो। उसका लागि दुबै होल पिटर सेभसिकले खेलको ५१ औं र ५४ औं मिनेटमा गोल गरेपछि खेल ४-३ को नतिजामा सकियो।

Petr Sevcik gave Slavia hope early in the second half when he beat Kepa Arrizabalaga at his near post from outside the box

अब सेमिफाइनलमा चेल्सीले फ्रान्कफर्टसँग खेल्नेछ ।

Chelsea 4-3 Slavia Prague (5-3 agg): Blues reach Europa League semis

त्यस्तै अर्को खेलमा आर्सनलले नापोलिलाई हरायो भने चेल्सीले साल्भिया प्रागलाई पाखा लगाउदै अन्तिम चारमा स्थान बनाए ।

पहिलो लेगमा दुई शून्यको जित निकालेको आर्सनलले घरेलु मैदानमा भएको दोस्रो लेगमा एक गोल थप्दै समग्रमा तीन शून्यको जित निकाल्यो । आर्सनलको जितमा एलेजान्द्रे लाकाजेटीले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले खेलको ३६ औं मिनेटमा गोल गरेका थिए ।

Alexandre Lacazette gave Arsenal a vital away goal to put them 1-0 ahead in the 36th minute with a fantastic free-kick

करिब २५ यार्ड टाढाबाट गरेको प्रहार साझै गोलमा परिणत हुँदा नापोलीका गोलकिपरले भेउ पाउन सकेनन् । अब अब सेमिफाइनलमा आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियासँग खेल्नेछ । जुन मे २ तारिखमा हुनेछ ।

Ramsey goes down in the Napoli penalty area following pressure from Nikola Maksimovic early on