आठौं राष्ट्रिय खेलकुद वैशाख ५ गते देखि ११ गते सम्म

आठौं बृहत राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टका अनुसार प्रदेश ५ को नेपालगन्जमा वैशाख ५ देखि ११ सम्म आठौं हुनेछ।

यसअघि चैतको अन्तिम सातामा जसरी पनि सुरु गर्ने तयारी गरेपनि नयाँ मितिअनुसार नयाँ वर्षमा हुने भएको हो। राखेपको सदस्य सचिवले चैत २५ गते उद्घाटन गर्ने बताउँदै आएका थिए।

आठौँका लागि अहिले नेपालगन्जका भिआइपी प्याराफिट राख्ने क्रम भइरहेको छ भने अन्य तयारी पनि तीब्र रुपमा अगाडि बढिरहेको छ।