आज नेपाली टाेली स्वदेश फर्कँदै

सिंगापुरमा भएको टी–२० विश्वकप एशिया छनोट खेलेर नेपाली टिम साेमबार राति स्वदेश फिर्ता हुने भएको छ ।

सिंगापुरसँग आइतबार भएको खेलमा ८२ रनले पराजित भएसँगै ग्लोबल छनोटमा पुग्न असफल भएको नेपाली टिम राति साढे १० बजे काठमाडौं आइपुग्ने जनाइएको छ ।

आफ्नो अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो । प्रतियोगितामा नेपालले तेस्रो स्थान हासिल गर्‍यो ।

नेपाली टिम स्वदेश फर्किंदा चर्चित दुई अनुहार भने टिममा हुने छैनन् । सन्दीप लामिछाने र सोमपाल कामी भने क्यानाडा ग्लोबल टी–२० क्रिकेट प्रतियोगिता खेल्न आइतबार नै त्यसतर्फ प्रस्थान गरेका छन् ।