आईपीएल: हैदराबादलाई पराजित गर्दै दिल्ली दोस्रो स्थानमा

आईपीएलमा दिल्ली क्यापिटल्सले आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ३९ रनले हराएको छ। जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ।

Image may contain: 4 people, people playing sports and outdoor

पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनायो। दिल्लीले दिएको १५६ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको हैदरावादले १८.५ ओभरमा सबै विकेटको क्षतिमा ११६ रन मात्रै बनाउन सक्यो।

Image may contain: one or more people

हैदरावादको पारी धरापमा पार्नका लागि कागिसो रबडाले चार विकेट लिँदा क्रिस मोरिस र किमो पाउलले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १५५ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस य्यरले ४५ रन बनाउँदा कोलिन मुनरोले ४० रन बनाए ।
No photo description available.

जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ । आठ खेलबाट पाँच खेलमा जित र तीन खेलमा हार ब्यहोरेको दिल्लीको १० अंक भएको छ । लिगको शीर्ष स्थानमा भने चेन्नाई सुपर किंग्स छ । चेन्नईको ८ खेलबाट १४ अंक छ । पराजित हैदरावाद भने सात खेलबाट ६ अंक मात्रै छ ।