आइसिसी वरियतामा नेपाल एक स्थान तल

इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी) को नयाँ एकदिवसीय वरियतामा नेपाल १ स्थान पछि परेको छ।

यसअघि १५ औं स्थानमा रहेको नेपाल एकस्थान तल झरेको हो।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ बाट एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको हो । नयाँ वरीयताअनुसार नेपालले ८ खेलबाट १९ अकं पाएको छ । एकदिवसीय वरीयतामा नेपालभन्दा तल यूएई र पपुवा न्यू गिनी रहेका छन् ।

नेपालले पछिल्लो समय एउटा पनि एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छैन । पछिल्लो पटक नेपालले ६ महिनाअघि यूएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो ।

ओमानले डिभिजन लिग २ मा राम्रो प्रदर्शन गरेका कारण नेपाल वरीयतामा एक स्थान तल झरेको हो ।

एकदिवसीय वरीयताको शीर्षस्थानमा विश्वकप विजेता इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेका छन् ।

यता टी-२० तर्फ भने नेपाल ११ औं स्थानमा यथावत रहेको छ। नेपालको २०१ रेटिङसहित २८१८ अंक छ। टी-२० वरियतामा पाकिस्तान शीर्षस्थानमा रहेको छ। त्यस्तै, इङ्ल्याण्ड, दक्षिण अफ्रिका र भारत क्रमश दोश्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्।