आइपीएल: कोलकतालाई पराजित गर्दै दिल्ली चाैथो स्थानमा

आइपीएल अन्तर्गत शुक्रवार भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ।

कोलकताको घरेलु मैदान एडेन गार्डेनमा भएको खेलमा दिल्लीले १७९ रनको लक्ष्य १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।

No photo description available.

शुक्रबारकाे खेलमा तीन जना परिवर्तन गरेको कोलकाताका लागि शुभमन गिलले ६५ तथा रोबिन उथप्पाले २८ रन बनाए । यस्तै आन्द्रे रसेलले ४५ रन थपे । रसेलले ४० भन्दा माथिको आँकडा पार गरेको यो लगातार छैटौँ पटक हो ।

दिल्लीले नेपाली बलर सन्दीप लामिछानेलाई बेन्चमा राखेको थियो । दिल्लीका लागि क्रिस मोरिस, कागिसो राबाडा र कीमाे पलले दुई-दुई विकेट लिए ।

जवाफमा दिल्लीले १८ ओभर ५ बलमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

Image may contain: 1 person, playing a sport, stadium and outdoor

मध्यम सुरुवात गरेको दिल्लीले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो । उसका लागि ओपनर पृथ्वी शले १४ रन बनाए । तेस्रो विकेटका लागि ऋषभ पन्त र शिखर धवनले शतकीय साझेदारी गर्न सफल भए । शिखर धवनले आक्रामक पारी खेले । दिल्लीको जितमा पुरै पारी खेलेका उनले ६३ बलमा ११ चौका र २ छक्काको मद्दतले अविजित ९७ रन बनाए । आईपीएलमा उनकाे याे उच्च स्काेर पनि हाे ।

Image may contain: one or more people, people playing sports, stadium and outdoor

यस्तै ऋषभ पन्त ४६ रनमा आउट भए । उनले ३१ बलमा चार चौका र दुई छक्का प्रहार गरे । अन्तिममा कोलिन इन्ग्रामले छक्का प्रहार गर्दै टिमलाई जित दिलाए ।

यस सिजन ७ खेल खेलिसकेको दिल्ली चौथो जितपछि ८ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ। समान खेलबाट ८ अंक नै रहेको कोलकता सिजनको तेस्रो हारपछि पनि रनरेटमा अगाडि रहँदै दोस्रो स्थानमा छ।

Image may contain: one or more people, people playing sports, stadium and outdoor